१२ बर्षिय बालकलाई अप्राकृतिक मैथुन गरेको ओरोपमा एक वृद्ध पक्राउ

१२ बर्षिय बालकलाई अप्राकृतिक मैथुन गरेको ओरोपमा एक वृद्ध पक्राउ

१२ बर्षिय बालकलाई अप्राकृतिक मैथुन गरेको ओरोपमा ओखलढुंगाको लिखुका एक वृद्ध पक्राउ परेका छन् । छिमेकी १२ बर्षिय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा जिल्लाको लिखु गाउँपालिका ३ का ६६ वर्षीय लालबहादुर तामाङलाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक शिव कट्टेलले बताउनु भएको छ  ।
पिडक तामाङले बालकलाई पैसा दिन्छु भनि फकाएर आफ्नै घरमा लागि अप्राकृतिक मैथुन गरेको भन्दै पिडित बालककका आफन्तले शनिबार इलाका प्रहरी कार्यालय यसममा उजुरी गरेका थिए । पिडितको परिवारले दिएको जाहेरीका आधारमा पिडकलाई हिजो पक्राउ गरिएको प्रहरी निरिक्षक कट्टेलले बताउनुभएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार