आज सामान्यतया मौसम सफा रहने पूर्वानुमान

आज सामान्यतया मौसम सफा रहने पूर्वानुमान

मुलुकका अधिकांश क्षेत्रको मौसम आज सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रमा भने आंशिक बलदी हुने भएको छ । अहिले उल्लेखनीय मौसमी प्रणाली छैन, तर बिस्तारै चिसो बढ्ने क्रममा रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । आज राति प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । महाशाखाका मौसमविद राजु प्रधानाङ्गका अनुसार अब क्रमिक रुपमा चिसो बढ्दै जाने छ । तापक्रम कम हुने क्रम जारी रहेकाले चिसो बढ्दै जाने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार