बडा दसैँको आज आठौँदिन, दुर्गा भवानाीको पूजा गरी महाअष्टमी मनाइँदै

बडा दसैँको आज आठौँदिन, दुर्गा भवानाीको पूजा गरी महाअष्टमी मनाइँदै

बडादसैँको आठौँ दिन आज मुलुकभर माता दुर्गा भवानीको पूजाआरधना गरी महाअष्टमी पर्व मनाइँदै छ । तर, यस वर्ष भने कोरोना महामारीका कारण पूजाआजा साङ्केतिक रुपमा मात्रै गर्न सरकारले आग्रह गरेको छ । आजको दिन दसैँघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा रहेको छ ।

काठमाडौँ उपत्यकाभित्रका दक्षिणकाली, गुहृयेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवतीसहित मुलुकका विभिन्न शक्तिपिठहरुमा बलि प्रदान गरेर महाअष्टमी मनाइए पनि यस पटक भने भीडभाड नगराउन सरकारले मन्दीरका पूजारीहरुलाई आग्रह गरेको छ ।आज दसैँघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गर्ने गरिन्छ ।

पशुबली नचढाउनेहरू आजको दिन जमराकोठामा घिरौला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् । हनुमानढोकाको दसैँघरमा आज मध्यरातमा शक्तिरूपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँका साथै ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाउने चलन छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार