शक्ति पीठहरू नियमित पूजा गर्न बाहेक भक्तजनको लागि खुल्ला नगर्न निर्देशन

शक्ति पीठहरू नियमित पूजा गर्न बाहेक भक्तजनको लागि खुल्ला नगर्न निर्देशन

गृह मन्त्रालयले दशैंको बेला मन्दिर तथा शक्तिपीठहरू नियमित पूजा गर्न बाहेक भक्तजनको लागि खुल्ला नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मन्दिर तथा शक्तिपीठहरुमा भींडभाड हुँदाकोभिड १९ संक्रमणको जोखिमझनै बढ्ने भएकाले भक्तालुहरुकालागि रोक लगाइएको बताउनुभयो । तर नित्यपूजाआजाभने नियमित रुपमा सूचारु गर्न सकिने उहाँले बताउनुभयो । मन्दिरमा भिडभाड नगर्न स्वास्थ्यमन्त्रालयले समेत आग्रहगरिरहेकाले त्यसको कार्यान्वयनकालागि गृह मन्त्रालयले सहयोग गर्ने पनिउहाँले बताउनुभयो । सप्तरीमा शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमण रोकथामतथा नियन्त्रणको लागिजिल्ला सुरक्षा समिति, सप्तरीले गएराति ११ बजेदेखि आउँदो मङ्सिर ७ गते राति साढे ११ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार