कोरोनाका कारण रामेछाप साँघुटारकी एक युवतीको मृत्यु

कोरोनाका कारण रामेछाप साँघुटारकी एक युवतीको मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणका कारण रामेछापकी एक युवतीको मृत्यु भएको छ । रामेछाप नगरपालिकाको वडा नम्बर ३ साँघुटार घर भई हाल काठमाडौँ बस्दै आएकी कोरोना संक्रमित २० वर्षीया युवतीको कोरोना संक्रमणका कारण सोमबार उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उहाँका अुनसार मृतक युवतीको नमुना स्वाव काठमाडौँबाटै संकल गरी पीसिआर परिक्षण गरिएको थियो । ती युवती काठमाडौँमा बचत संकलनको काम गर्दै आएकी थिईन् । मृतक महिलाको बारेमा विस्तृत विवरण भने आउन बाँकी रहेको जनस्वास्थ्य अधिकृत थापाले जानकारी दिनुभयो । यो सँगै रामेछाप घर भएका २ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार