आज देखि काठमाडौं उपत्यकामा दशैं–तिहार लक्षित सहुलियत पसल सञ्चालन हुने

आज देखि काठमाडौं उपत्यकामा दशैं–तिहार लक्षित सहुलियत पसल सञ्चालन हुने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज देखि काठमाडौं उपत्यकामा दशैं–तिहार लक्षित सहुलियत पसल सञ्चालन गर्ने भएको छ। मन्त्रालयले असोज १५ गतेदेखि मंसिर ६ गतेसम्म सहुलियत पसल सञ्चालन गर्न लागेको हो । मन्त्रालयले घुम्ती सेवा पसल, र अनलाइन मार्फत् उपत्यकाका ४९ स्थान र दुग्ध विकास संस्थानमार्फत् अत्यावश्यक सामाग्री सुपथ मूल्यमा उपलव्ध गराइने जनाएको छ।मन्त्रालयले उपभोग्य वस्तुहरुको मूल्य पनि सार्वजनिक गरेको छ। मन्त्रालयले नून प्रतिकेजी १८ रुपैयाँ, चिनी केजीको ७० र घ्यु लिटरको ८७० रुपैयाँ तोकेको छ । चिनी र नुन भने प्रति परिवार ४ केजी मात्रै लिन पाउने व्यवस्था गरिएको छ।मन्त्रालयले खसीबोका तथा च्यांग्रामा किलोको १०, चामलमा ५ रुपैयाँ, दालमा ५, सिमिलगायत गेडागुडीमा १०, फापर तथा केराउमा ५ रुपैयाँ प्रतिकिलो छुट दिने निर्णय गरेको छ।सुपथ मूलयका पसल कालीमाटी, टेकु, कोटेश्वर, सिंहदरबार, सतुंगल, ललितपुर, थापाथली, नख्खु, प्रयागपोखरी, जाउलाखेल तथा भक्तपुरमा सञ्चालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार