वाग्मती प्रदेश सभाको सातौं अधिवेशन अन्योलमा

वाग्मती प्रदेश सभाको सातौं अधिवेशन अन्योलमा

वाग्मती प्रदेश सभाको सातौं अधिवेशन ढिलो हुने देखिएको छ । सभालाई सरकारले विजनेश नदिएकाले आगामी अधिवेशन कहिले बोलाउने भन्ने टुंगो लाग्न नसकेको हो । प्रदेश सभाको छैठौ अधिवेशन गत जेष्ठ १२ गतेबाट सञ्चालन भएर साउनको ८ गते अन्त्य भएको थियो । छैठौ अधिवेशनमा बजेटसहित ६ वटा विधेयकहरु पारित भएका थिए । प्रदेश सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ०७७ एउटा मात्र दफावार छलफलको लागि सम्बन्धित समितिमा रहेको प्रदेशसभा कार्य व्यवस्था शाखा प्रमुख अम्बिक घिमिरेले जानकारी दिनुभयो । पाँच वटा संसदीय समितिहरुले प्रदेश सरकारले बजेट प्रस्तुत गर्नु अगावै आफ्ना वार्षिक प्रतिवेदनहरु पेस गरिसकेको तथा उक्त समितिहरुको बैठक आवश्यकता अनुसार भइरहेको बताइएको छ । साउन ८ गते छैठौ अधिवेशन अन्त्य भएदेखि हालसम्म प्रदेश सरकारले कुनै विधेयक दर्ता गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार