रामेछाप लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्का जेल चलान

रामेछाप लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्का जेल चलान

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का जेल चलान भएका छन् । शरीर बन्दक, बलात्कार र ठगीको अभियोग लागेका खड्कालाई पुर्पक्षको लागि जिल्ला अदालत रामेछापले कारागार पठाएको हो । खडकालाई मध्ये राती जिल्ला कारागार रामेछापमा ल्याइएको छ ।

गाउँपालिका अध्यक्ष खड्का विरुद्ध, शरीर बन्धक, गठी र बलात्कारको अभियोगमा मुद्दा दर्ता भएको थियो । धोबी बजारको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दर्पण तामाङले खड्का विरुद्ध दिएको शरीर बन्दक तथा अपहरणको उजुरीको आधारमा पालिका अध्यक्ष खड्कालाई साउन ३० गते प्रहरीले पक्राउ गरेको थियो ।

खड्का पक्राउ परेपछि एक युवतीले आफूलाई बलात्कार गरेको भनि गाउँपालिका अध्यक्ष खड्का विरुद्ध उजुरी दिएकी थिइन । जिल्ला अदालत रामेछापले ठगीको उजुरीमा ५० लाख रुपैयाँ र शरीर बन्धकमा २ लाख रुपैयाँ सजाय तोकेको छ । जबर्जजस्ती करणीको मुद्दामा भने पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला अदालत रामेछापले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार