नेपालमा कोरोना भाइरसको संक्रमणबाट ४०१ जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट ४०१ जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट ४०१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा साता महिला र चारजना पुरुषको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा काठमाडौं उपत्यकाका मात्र पाँचजना रहेका छन् । काठमाडौंका ७७ वर्षीया महिला र ७५ वर्षीय पुरुष, ललितपुरका ७६ र ६८ वर्षीया महिला तथा ललितपुरकै ६० वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको हो ।

यस्तै, पछिल्लो २४ घन्टामा कोरोनाका कारण मोरङका ६५ वर्षीय महिला, रौतहटका ५१ वर्षीया महिला, सर्लाहीका ५६ वर्षीया महिला, मकवानपुरका ३७ वर्षीया महिला, रुपन्देहीका ६९ वर्षीय पुरुष र बाँकेका ४५ पुरुषको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा देशभर एक हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित ‘प्रेस ब्रिफिङ’मा जानकारी दिनुभयो । काठमाडौं उपत्यकामा ७११ जना संक्रमित थएिका छन् ।

थपिएका संक्रमितमा काठमाडौंका मात्रै ५७० जना रहेका छन् । भक्तपुरमा ८३ र ललितपुरमा ५८ जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा देशभरबाट एक हजार ४४७ जना ‘डिस्चार्ज’ भएका छन् । योसँगै डिस्चार्ज हुनेको कुल संख्या ४५ हजार २६७ पुगेको छ । कोरोनालाई जितेर डिस्चार्ज हुने ७२.०८ प्रतिशत रहेको प्रवक्ता डा. गौतमले बताउनुभयो । हाल देशभर संक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको छ । सात हजार ९७६ ‘होम आइसोलेसन’ र नौ हजार १५३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । हाल देशभर आईसीयूमा १७९ र भेन्टिलेटरमा ३५ जना संक्रमित उपचाररत् छन् । पछिल्लो २४ घन्टामा १० हजार ३३३ ओटा स्वाब नमुनाको ‘पीसीआर’ परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार