रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको पर्यटकिय ठाउँ भालुखोप डाँडालाइ सुन्दर र सफा बनाउन स्थानियहरु लागिपरेका छन । रामेछाप नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष समीर कार्कीको नेतृत्वमा आइतबार भालुखोप डाँडामा सरसफाइ गरिएको छ । भालुखोप टोल सुधार समिति , भालुखोप होमस्टेका सन्चालकहरु र त्यहाँका स्थानीयहरु मिलेर सरसफाइ गरिएको वडा अध्यक्ष समीर कार्कीले जानकारी दिनुभयो । सानो बजार रहेको भालुखोप डाँडा आसपासमा फालिएका फोहोर मैला व्यवस्थापन , बजार क्षेत्र आसपासको सडक र भिताहरुमा उम्रीएका झारपात र सडक सफा गरिएको हो । अब देखि हरेक हप्ताको शनिबार सो क्षेत्रमा सरसफाइ गरिने निर्णय भएको वडाअध्यक्ष कार्कीले बताउनुभयो । भालुखोप डाँडामा आन्तरिक पर्यटकहरुको बाग्लै मात्रामा आगमन हुने गर्छ । जुनसुकै मौसममा पनि चिसो महसुस हुने , प्राकृति सुन्दरताले भरिएको भालुखोप डाँडालाइ पर्यटकिय हब बनाउन रामेछाप नगरपालिका पनि लागी परेको छ । भालुखोप डाँडामा रामेछाप नगरपालिकाले होमस्टे सन्चालन गरिसकेको छ । स्थानीयहरुको सक्रियता तस्वीरमा :
सुन्दर र सफा भालुखोप बनाउनमा जुटे स्थानीय (फोटोफिचर)
