रामेछाप नगरपालिकाको मुख्य बजारहरुमा सिसी क्यामेरा जडान हुने

रामेछाप नगरपालिकाको मुख्य बजारहरुमा सिसी क्यामेरा जडान हुने

रामेछाप नगरपालिकाले नगरपालिका भित्रको शान्ति सुरक्षाको अवस्था थप मजबुद बनाउन नगरपालिकाको मुख्य बजारहरु साँघुटार र रामेछाप बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्ने भएको छ । रामेछाप नगरपालिकाले पहिलो पटक बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्ने निर्णय रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले बताउनुभयो । रामेछाप बजार क्षेत्र र साँघुटारमा आवश्यकताको आधारमा सिसी क्यामेरा जडान गरिने उहाँले बताउनुभयो । नगरपालिकाले जडान गरेको सिसी क्यामेराको मनिटरिङ भने प्रहरीले गर्नेछ । जिल्ला प्रहरी कार्यालय रामेछापले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय तहसँगको समन्वयमा जिल्लाका मुख्य नाकाहरुमा सिसी क्यामेरा राख्न गृहकार्य अगाडि बढाएको छ । सोहि कार्यक्रम अन्तर्गत रामेछाप नगरपालिकामा पनि सिसी क्यामेरा जडान हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार