अब ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन् र विक्री वितरण गर्न नपाइने

अब ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन् र विक्री वितरण गर्न नपाइने

अबदेखी नदी र खोलाबाट ढुंगा गिट्टी तथा बालुवा उत्खनन् र विक्री वितरण गर्न नपाइने भएको छ । सरकारले ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन विक्रि र व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ जारी गरेपछि जो कोहिले ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा विक्री वितरण गर्न नपाउने भएका हुन् । संघीय सरकारले तयार पारेको मापदण्ड सातवटै प्रदेश सरकार र सात सय ५३ वटै स्थानीय तहलाई कार्यान्वयन गर्नका लागि परिपत्र गरिसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मापदण्डमा ढुङ्गा गिटट्ी, तथा बालुवा उत्खनन, विक्री र व्यवस्थापन गर्ने बारेमा व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता समेत रहनुभएका सहसचिव बसन्त अधिकारीले बताउनुभयो । मापदण्ड अनुसार यसबाट संकलन भएको राजस्वबाट ६० प्रतिशत स्थानीय तहलाई र प्रदेश सरकारलाई ४० प्रतिशत राजस्व दिने व्यवस्था गरिएको उहाँले बताउनुभयो । साउन ५ गते बसेको मन्त्रिपरिषदको बैठकले मापदण्ड स्वीकृत गरे लगत्तै लागू भइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार