रामेछाप स्थायी घर भएका तर काठमाण्डौँमा बस्दै आएका थप ५ जनामा कोरोना पुष्टि

रामेछाप स्थायी घर भएका तर काठमाण्डौँमा बस्दै आएका थप ५ जनामा कोरोना पुष्टि

रामेछाप जिल्लाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर १ का २५ वर्षका महिला वडा नम्बर ११ का ४० वर्षका पुरुष , रामेछाप नगरपालिका वडा नम्बर १ का ३४ वर्षका पुरुष र ३९ र ७५ वर्षका २ जना पुरुष गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । उनिहरुको स्वाब काठमाडौँमै परिक्षण गरिएको थियो । उनिहरुमा आज कोरोना संक्रमण पुष्टि भएको हो । रामेछाप जिल्लाका हालसम्म ८६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुग्यो

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दैै आएको नियमित प्रेस ब्रिफिङमा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप नौजनाको मृत्यु भएको जानकारी दिनुभयो । सोसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुगेको हो ।

आज थप एक हजार ४१ जनामा संक्रमण

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४०८ सहित नेपालमा थप एक हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा अहिलेसम्म जम्मा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको प्रवक्ता डा. गौतमले बताउनुभयो । नेपालमा हाल १७ हजार ८७० सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घन्टामा एक हजार ५६६ जना ‘डिस्चार्ज’

पछिल्लो २४ घन्टामा थप एक हजार ५६६ जना कोरोना संक्रमित ‘डिस्चार्ज’ भएका छन् । योसँगै शनिबारसम्म कोरोना निको हुनेको जम्मा संख्या २७ हजार १२७ पुगेको मन्त्रालयले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार