सरकारले बाध्यतामा लकडाउन गरेको स्वास्थ्य मन्त्रालयको भनाइ

सरकारले बाध्यतामा लकडाउन गरेको स्वास्थ्य मन्त्रालयको भनाइ

सरकारले नागरिकले नियमहरू पालना नगर्दा कोरोनाको संक्रमण बढ्दै गएको र लकडाउन गर्न बाध्य भएको बताएको छ । लकडाउन खुल्ने बित्तिकै भिडभाड बढेको र नियमहरू पालना हुन छोडेका कारण बाध्य भएर लकडाउन गर्नुपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको हो । मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले लकडाउन मात्रै कोरोना नियन्त्रणको एकमात्रै विकल्प होइन भन्ने जान्दाजान्दै पनि सरकार बाध्यतामा परेको बताउनुभयो । सरकारले लकडाउन नगरेको भए अहिले नेपालको अवस्था दिल्लीको जस्तै हुने भन्दै उहाँले नागरिक पनि उत्तिकै जिम्मेवार र सचेत हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार