रामेछाप स्थायी घर भएका तर काठमाण्डौँमा बस्दै आएका थप ७ जनामा कोरोना

रामेछाप स्थायी घर भएका तर काठमाण्डौँमा बस्दै आएका थप ७ जनामा कोरोना

रामेछाप जिल्ला स्थायी घर भएका तर काठमाण्डौँमा बस्दै आएका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज मात्रै रामेछाप जिल्लाका १३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । रामेछाप घर भएका तर काठमाण्डौँमै बस्दै आएका र उतै पिसिआर परीक्षण गराएका ७ जना र मन्थली बजारस्थित जिल्ला प्रहरी कार्यलयमा कार्यरत ५ जना प्रहरी र १ जना तामाकोसी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी गरी १३ जनामा आज कोरोना संक्रमण पुष्टि देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार