भदौ मसान्तसम्म लामो दूरीका गाडी, आन्तरिक उडान र सीमा नाका बन्द रहने

भदौ मसान्तसम्म लामो दूरीका गाडी, आन्तरिक उडान र सीमा नाका बन्द रहने

सरकारले लामो दूरीका गाडी, आन्तरिक र अन्तर्राष्ट्रिय उडान र सीमा नाका भदौ मसान्तसम्म बन्द गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणनियन्त्रणमा नआएपछि सरकारले भदौ मसान्तसम्म कुनैपनि यायाता नखोल्ने र स्ीमा बन्द गर्ने निर्णय गरेको हो । हिजो साँझ बसेको मन्त्रीपरिषद बैठकले हवाई र सथल यातायात भदौ १५ बाट खोल्ने सकिने यसअघिको निर्णयलाई पुनःविचार गर्दै भदौ मसान्तसम्म लम्ब्याएको हो ।

यसअघि भदौ १५ अर्थात आजदेखि हवाई उडान खोल्ने तयारी सरकारले गरेको थियो । कोरोना सङ्क्रमण झन बढ्दै गएपछि मसान्तसम्म उडान स्थगित गर्ने निर्णय भएको सरकारले जनाएको छ । यस्तै विद्यालय र कलेजसहितका शिक्षण संस्थाहरु पनि भदौ मसान्तसम्म नखोल्ने निर्णय भएको छ ।

यस्तै सरकारले तीनवटा देशमा हवाई सम्झौता गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज भएको मन्त्रालयको उच्च स्तरीय ब्यवस्थापन समूहको बैठकले ईन्डोनेसिया, फिनल्याड र रसियासँग हवाई सम्झौताको प्रकृया अघि बढाउने निर्णय गरेको हो । त्यस्तै बैठकले नेपालीहरु स्वदेश फिर्ति लगायत विषयलाई अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार