रामेछाप स्थाई घरभएका एकै घरका १४ जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछाप स्थाई घरभएका एकै घरका १४ जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछाप स्थाई घर भइ भक्तपुर मध्यपुरथिमि नगरपालिका–९ बोडेको कृषि विकास बैंकको तालिम केन्द्रको भवन नजिकै जग्गा भाडामा लिगेर बस्दै आएका एक पुरुषलाई भदौ ४ गते कोरोना सङ्क्रमण पुष्टि भयो । सानो दुईवटा टहरामा बस्दै आएका १४ जनाको परिवार, एउटै भान्छा र शौचालयको प्रयोगले परिवारकै सबै लाइ कोरोना सङ्क्रमण पुष्टी भएको छ ।सामान ओसारपसारको व्यवसाय गर्दै आएका ती पुरुषमा भदौ ४ मा कोरोना पुष्टि भएपछि पाटन अस्पतालमा उपचाररत रहेका छन् । परिवारका अन्यको पनि वडा कार्यालयको समन्वयमा ९ गते नेपाल कोरिया नगरपालिका मैत्री अस्पतालमा भक्तपुरमा पिसीआर गरिदा परिवारका सबैमा कोरोना सङ्क्रमण देखिएको छ ।

सङ्क्रमण एउटै टहरामा परिवारसँगै बस्दा साँघुरो कोठा, एउटै भान्छा, एउटै शौचालयबाटै परिवारका अन्य सदस्यमा पनि कोरोना सङ्क्रमणक भएको अनुमान जिल्ला स्वस्थ्य कार्यालयले गरेको प्रमुख कृष्ण मिजारले बताउनुभयो । चार दिन र तीन महिनाका दुई सुत्केरी, ७, ८ र ११ वर्षका तीन बालबालिका, ७५ वर्षका एक वृद्ध लाइ कोरोना सङ्क्रमण भएको छ । भक्तपुरको बोडेमा तीनभन्दा बढी परिवार, लोकन्थली, गठ्ठाघर, बालकोट, पाण्डुबजार, कटुञ्जे, सूर्यविनायक, सिपाडोल, मध्यपुरथिमि, बागेश्वरीलगायतका क्षेत्रमा परिवारमा सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार