रामेछापका ८६ जनाको पिसीआर रिपोर्ट आउन बाँकी, ११ जना क्वारेन्टिनमा

रामेछापका ८६ जनाको पिसीआर रिपोर्ट आउन बाँकी, ११ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा आईतबार अर्थात आजसम्म १ हजार १ सय ६३ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यस मध्ये अब ८६ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ३३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित ४ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । आज मन्थली नगरपालिकाका २ जना र रामेछाप नगरपालिकाका १७ जना गरी १९ जनाको स्वाब पिसिआर परीक्षणका लागि संकलन गरिएको छ ।

जिल्लामा हालसम्म १ हजार ४० जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म जिल्ला अस्पतालमा ८० , तामाकोसी अस्पतालमा ४९ , मन्थली नगरपालिकामा ३ सय ३८ , रामेछाप नगरपालिकामा १३७ , उमाकुण्ड गाउँपालिकामा ६५, खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय १, दोरम्बा गाउँपालिकामा ४० , लिखुतामाकोशी गाउँपालिकामा १३१ र सुनापति गाउँपालिकामा ५७ जना गरी १ हजार १ सय ६३ जनाकोे पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

जिल्लाका ११ जना क्वारेन्टिनमा

जिल्लाको विभिन्न पालिकाहरुमा आजसम्म ११ जना क्वारेन्टिनमा रहेका छन । क्वारेन्टिनमा रहेकाहरु सबै जना पुरुष हुन । रामेछाप नगरपालिकामा ४ ,गोकुलगंगा गाउँपालिकामा २ र लिखुतामाकोशी गाउँपालिकामा ५ जना गरी जिल्लाभर ११ जना क्वारेन्टिनमा रहेका छन् । मन्थली नगरपालिका, उमाकुण्ड ,दोरम्बा , खाँडादेवी र सुनापति गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म १ सय १४ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार