रामेछाप नगरपालिकालाई नेकपाले बुझायो ६ बुँदे ध्यानाकर्षण पत्र

रामेछाप नगरपालिकालाई नेकपाले बुझायो ६ बुँदे ध्यानाकर्षण पत्र

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) रामेछाप नगर संगठन कमिटिले रामेछाप नगरपालिकालाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । रामेछाप नगरपालिकाबाट पछिल्लो समयमा सम्पादन भएका क्रियाकलापहरुमा नीति,विधि र प्रक्रिया मिची प्रचलित कानुनको खिलापमा कार्यहरु भई एकलौटी निर्णय गरेको भन्दै नेकपाले ती विषय एवं कार्यहरु र निर्णय प्रक्रियामा गम्भिर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको छ । नेकपा नगर कमिटिले नगरपालिकाबाट विभिन्न मितिमा भए गरेका निर्णय एवं कार्यहरु तत्काल फिर्ता लिई विधीको शासन सन्चालन तर्फ लाग्न सुझाव दिएको छ । ध्यानाकर्षण पत्रमा रामेछाप नगरपालिकाले गरेका करार कर्मचारी नियुक्ति, व्यक्तिगत रुपमा योजना वितरण र सवारी दुरुपयोग लगायतका सवालहरुमा ध्यानाकर्षण गराएको छ । नेकपाले मनोमानी गर्नेकाम नसुधारे कानुनी उपचार सम्म खोज्ने बताएको छ । रामेछाप नगर संगठन कमिटिका अध्यक्ष मोतीलाल तामाङले रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरलाई आज कार्यकक्षमै पुगेर ध्यानाकर्षण पत्र बुझाउनुभएको छ । ध्यानाकर्षण पत्र बुझदै रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले आफुहरुले नीति,विधि र प्रक्रिया अनुसार नै काम गरेको बताउनुभएको छ ।

रामेछाप नगर संगठन कमिटिले रामेछाप नगरपालिकालाई बुझाएको ६ बुँदे ध्यानाकर्षण पत्र  : 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार