समाजसेवी कार्कीद्धारा खाँडादेवी गापाका ९ वटै वडालाई स्वस्थ्य सामाग्री सहयोग

समाजसेवी कार्कीद्धारा खाँडादेवी गापाका ९ वटै वडालाई स्वस्थ्य सामाग्री सहयोग

रामेछापको खाडादेवी गाउँपालिकाका वडा नं २ मजुवा हिलेचौरका स्थानीय तथा हाल काठमाडौं बसेर व्याबसाय गर्दै आउनुभएका समाजसेवी कल्याणरत्न कार्कीले ब्यक्तिगत् खर्चमा पालिका र वडा कार्यलय मार्फत पालिकाका सबै स्थानीयहरुलाई मास्क वितरण गर्नभयो । गाउँपालिकाका ९ वटै वडा कार्यालय र संघसंस्थाहरुलाई स्वस्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । बिहिवार गाउँपालिकामा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरि भएको एक कार्यक्रमकाबिच गाउँपालिका अन्तर्गतका सबै वडा कार्यालय, बैंक, सहकारी, प्रहरी प्रशासनलाई स्वास्थ्य सामाग्रीहरु मास्क, स्यानिटाइजार हस्तान्तरण गरिएको हो ।

समाजसेवी कार्कीले  वडा नं १ लाई १८ सय सर्जिकल मास्क, एक प्याकेट् एन् नाईन्टिफाईब मास्क, ६ लिटर स्यानिटाइजर , वडा नं २ लाई १४ सय सर्जिकल मास्क, एक प्याकेट् एन् नाईन्टिफाईब मास्क, ६ लिटर स्यानिटाइजर प्रदान गर्र्नभएको छ । त्यस्तै वडा नं ३ लाई १८ सय सर्जिकल मास्क, एक प्याकेट् एन् नाईन्टिफाईब मास्क, ६ लिटर स्यानिटाइजर त्यस्तै वडा नं ४ लाई १४ सय सर्जिकल मास्क, एक प्याकेट् एन् नाईन्टिफाईब मास्क, ६ लिटर स्यानिटाइजर त्यस्तै वडा नं ५ लाई १४ सय सर्जिकल मास्क, पाँच प्याकेट् एन् नाईन्टिफाईब मास्क, ६ लिटर स्यानिटाइजर , त्यस्तै वडा नं ६ लाई १४ सय सर्जिकल मास्क, पाँच प्याकेट् एन् नाईन्टिफाईब मास्क, ६ लिटर स्यानिटाइजर , त्यस्तै वडा नं ७ लाई १८ सय सर्जिकल मास्क, पाँच प्याकेट् एन् नाईन्टिफाईब मास्क, ६ लिटर स्यानिटाइजर , त्यस्तै वडा नं ८ लाई १८ सय सर्जिकल मास्क, पाँच प्याकेट् एन् नाईन्टिफाईब मास्क, ६ लिटर स्यानिटाइजर , त्यस्तै वडा नं ९ लाई १४ सय सर्जिकल मास्क, पाँच प्याकेट् एन् नाईन्टिफाईब मास्क, ६ लिटर स्यानिटाइजर प्रदान गर्र्नभयो ।

प्रहरी चौकीलाई २ सय थान सर्जिकल मास्क दिएको पनि प्रदान गरिएको छ । त्यस्तै सोही ठाउँको स्वास्थ्य चौकीलाई २ सय थान मास्क हस्तान्तरण गरिएको छ । उहाँले पर्यटन सहकारी संघलाई १ सय थान सर्जिकल मास्क , लक्ष्मी बैंकलाई २ सय थान मास्क , राष्ट्रिय दलित पत्रकार संघ नेपाललाई १ सय थान मास्क र स्यानिटाइजर सहयोग गर्नुभएको छ ।
समाजसेवी कार्कीले यस अघि पनि पालिकाको वडा नं ६ मा रहेको बुद्ध भवानी माध्यमिक विद्यालयलाई १ लाख १० हजार पठनपाठनलाई गुणस्तरिय बनाउनको लागि सहयोग गर्नुभएको थियो । समाजसेवी कार्कीले कोरोना भाइरस संक्रमणबाट जोगिनको लागि सबैले हातेमालो आवश्यक रहेकाले आफूले पनि सानो सहयोग मात्रै गरेको बताउनुभयो । उहाँले कोरोना भाइरसको संक्रमणबाट बाँच्नको लागि सबैले सरकारको स्वास्थ्य मापदण्ड पालन गर्नु जरुरी रहेको उल्लेख गर्नुभयो । साथै यो महामारीको बेलामा सबैको सानो सहयोगले एक जनालाई भए पनि सुरक्षित बनाउने भएकाले सहयोगको हात बढाउनको लागि आग्रह गर्नभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार