रामेछाप नगरपालिकाका एक स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना पुष्टि

रामेछाप नगरपालिकाका एक स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना पुष्टि

रामेछाप जिल्लामा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज देखिएका ६ जना कोरोना संक्रमित सबै रामेछाप नगरपालिकाको रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरुमा रामेछाप नगरपालिकाको क्वान्टिनमा रहेका ३ जना , रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुर स्वास्थ्य चौकीमा कार्यरत एक जना स्वास्थ्यकर्मी र बाँकी २ जना रामेछाप जिल्ला घर भएका काठमाडौँमा स्वाब परीक्षण गरेकाहरु रहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । जनस्वास्थ्य अधिकृत थापाका अनुसार आज संक्रमण पुष्टि हुनेमा १ जना महिला र ५ जना पुरुष छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार