उपत्यकामा भदौ १७ गते मध्यरातिसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस

उपत्यकामा भदौ १७ गते मध्यरातिसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस

उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सहभागी बैठकले यस्तो सिफारिस गरेको हो । सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले पनि अनुमोदन गरेको काठमाण्डौका सहायक प्रमुुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुुभयो । त्यसको निर्णय गर्न आज बिहान बैठक बोलाइएको उहाँले जानकारी दिनुभयो । यसअघि भदौ तीन गतेदेखि भोलिसम्मका लागि तीन जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार