गएराती थप तीनजना कोरोना संक्रमितको मृत्यु

गएराती थप तीनजना कोरोना संक्रमितको मृत्यु

कोरोना सङ्क्रमण ( कोभिड १९) कारण मृत्यु हुने क्रम बढेको छ । गएराती थप तीनजनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना, बिराटनगरमा एक जनार बाँकैमा अर्का एकजनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण ५४ बर्षका बर्षका पुरुषको गएराति पाटन अस्पतालका उपचारका क्रममा मृत्यु भएको छ । उहाँको गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत भइरहेको अस्पताले जनाएको छ । बाँकेमा पनि थप एकजना कोरोना सङक्रमणका कारण मृत्यु भएको छ ।बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७बर्षका पुरुषको मृत्यु भएको हो ।

दुवै फोक्सोमा निमोनियाको समस्या भएका उहाँलाई भदौ ८ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो । भर्ना गरिएपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत उनको स्वास्थ्य अवस्था जटिल बनेपछि कोहलपुर मेडिकल कलेजमा सारेर भेन्टिलेटरको सहायतामा उपचार भइरहेके अवस्थामा गएराति साढे एक बजे मृत्यु भएको अस्प्तालले जनाएको छ । विराटनगर महानगरपालिका–११ मा बस्दै आउनु भएका एक महिलाको पनि मृत्यु भएको छ । कोरोना भाइरसको सङक्रमणका कारण गएराति ४४ बर्षका महिलाको मृत्यु भएको हो । मोरङको टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा रातिती महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमणका कारण आजसम्म १ सय ६८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार