रामेछाप नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा लामगादेको आगमन

रामेछाप नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा लामगादेको आगमन

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा रामचन्द्र लामगादेको आगमन भएको छ । सोमबार प्रमुख प्रशासकिय अधिकृत लामगादे रामेछाप नगरपालिकामा आएर हाजिर गर्नुभएको छ । प्रमुख प्रशासकिय अधिकृत लामगादेलाई रामेछाप नगरपालिकाका कर्मचारीहरुले स्वागत गरेको छन । यसअघि महोतरीको भंगाहा नगरपालिकामा २ वर्ष प्रमुख प्रशासकिय अधिकृत भएर काम गरिसक्नुभएका लामगादेले रामेछाप नगरपालिकालाई सम्वृद्ध बनाउन जनप्रतिनिधी , कर्मचारी र नागरीकहरुसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले रामेछाप नगरपालिकाको वस्तुस्थिती बुझेर नगरपालिकाबाट प्रवाह हुँदै आएको दैनिक सेवा र दिगो विकासलाई जनमैत्रि बनाउने बताउनुभयो । उहाँले मुस्कान सहितको सेवा प्रवाहलाई जोड दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार