माकुराे (कविता)

माकुराे (कविता)

नविन गाउँले रामेछाप ।

यो माकुरो
एकदम कुख्यात छ।

जस्तो कि क्रुरतापूर्बक
फ्याकिरहन्छ जाल
र पारिरहन्छ सिकार

तपाईं पत्यानुस् या नपत्याउनुस्
यो चाहिँ साचो हो
माकुराहरूले शुरू गरेको
त्यहि सभ्यताको प्रारम्भ
आज बहुरंग प्रयोगशालामा प्रयोग गरि हिडेकाछन् मानिसहरू

ठिक यहि समय
माकुराहरूले जस्तै मानिसहरू
क्रङ्क्रिडका पञ्जामा समातिएका
शीतलहरहरूमा
शीत युद्ध लड्दै छन्
गान्धीबादको खिलाफमा
वा भनौ माक्र्स र लेनिनको खिलाफमा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार