रामेछापमा आजदेखि निषेधाज्ञा जारी,नाकाहरुमा प्रहरी परिचालन

रामेछापमा आजदेखि निषेधाज्ञा जारी,नाकाहरुमा प्रहरी परिचालन

कोरोना सङक्रमण तीब्र गतिमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले गएराति १२ बजेदेखि लागू हुने गरी जिल्लामा निषेधाज्ञा लागू गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकरी रुद्रादेवी शर्माले कोरोना रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन भदौ ४ गते राति १२ बजेदेखि अर्को आदेश जारी नभएसम्म रामेछाप जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको बताउनुभयो । जिल्लामा निषेधाज्ञा जारी भएसँगै बजारक्षेत्रहरुमा कडाई गरिएको छ । मानिसहरुको आवातजावत र सवारी आवागमनमा समेत विहानैदेखि कडाई गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरी नायब उपरीक्षक वशन्त पाठकका अनुसार विहानैदेखि जिल्लाका मुख्य नाकाहरु र बजार क्षेत्रमा प्रवेश गर्ने चोकहरुमा प्रहरी परिचालन गरीएको छ । सडकमा गुड्ने सवारी साधन र अत्यावश्यक काममा पैदल हिँड्नेसँग पनि प्रहरीले सोधपुछ गरेर मात्र छाड्ने गरेका छन् । ठाउँठाउँमा प्रहरीले माइकिङ गर्दै निषेधाज्ञाको पालना गर्न अपिल समेत गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार