भिडभाड नगरी तिज घरमै बसेर मनाउन रामेछाप प्रशासनको आग्रह

भिडभाड नगरी तिज घरमै बसेर मनाउन रामेछाप प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रामेछापले नेपाली महिलाको महान पर्व हरितालिका तीज घरमा नै मनाउन आग्रह गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ बढिरहेका बेला संक्रमणको जोखिम नियन्त्रण र रोकथामका लागि घरैमा तीज मनाउन प्रशासनले आग्रह गरेको हो । सार्वजनिक स्थलमा सामूहिक रुपमा मानिस जमघट भेला हुने गरी मनाउने कार्य पूर्णरुपमा निषेध गर्नुपर्ने भएकाले हरितालिका तीज लगायतका चाडपर्व आ–आफ्नो घरैमा बसी मनाउन प्रशासनले सूचना मार्फत आग्रह गरेको छ । तीज लगायतका अन्य चाडपर्व सार्वजनिक स्थलमा भीडभाड गरि मनाएको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । यसअघि नै प्रशासनले चाडबाड र भिडभाडलाई लक्षित गरि जिल्लाका विभिन्न स्थानमा लाग्ने हाट बजार सञ्चालनमा समेत रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार