यस बर्षको तिज घरमै बसेर रमाईलो गर्दै मनाउन उपप्रमुख खड्काको आग्रह

यस बर्षको तिज घरमै बसेर रमाईलो गर्दै मनाउन उपप्रमुख खड्काको आग्रह

रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले नजिकिदै गरेको नेपाली नारीहरुको महान पर्व हरितालिका तिज यस बर्ष घरमै बसेर मनाउन नगरबासी महिला दिदि बहिनीहरुमा अनुरोध गर्नुभएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै उहाँले यस बर्षको तिज कतै नगई ,कुनै पनि जमघट नगरी घरमै बसेर परिवारसँग रमाईलो गरेर मनाउन आग्रह गर्नुभएको हो । अहिलेको यो परिस्थितीमा भिडभाड र जमघट गर्ने अवस्था नरहेको भन्दै उपप्रमुख खड्काले सबै जना सचेत र सुरक्षित भएर चाडपर्वहरु मनाउनुपर्ने बताउनुभयो ।

यो वर्ष माईत , मावल कतै नगई आफनो घरमै परिवारसँग तिजको दर खान पनि महिला दिदी बहिनीहरुमा उपप्रमुख खड्काले आग्रह गर्नुभएको छ । तिजको दिन पुजाआजा गर्दा भिडभाड नगरी , शारीरीक दुरी कायम गरी , माक्स लगाएर नजिकैको मन्दिरमा मात्र जान पनि उहाँले आग्रह गर्नुभयो । उहाँले हरितालिका तीजको सुखद् अवसरमा शुभकामना दिँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ जीवनको हार्दिक शुभकामना समेत व्यक्त गर्नभयो । रामेछाप नगरपालिकाले पनि आईतबार एक सुचना जारी गरी यस बर्षको तिज कुनै जमघट नगरी घरमै बसेर मनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार