रामेछाप जिल्लाका मुख्य बजारहरु सुनसान

रामेछाप जिल्लाका मुख्य बजारहरु सुनसान

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्रासका कारण रामेछाप जिल्लाका मुख्य बजारहरु सुनसान भएको छ । कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि नेपाल सरकार , जिल्ला प्रशासन र स्थानिय सरकारहरुले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेसंगै जिल्लाका बजारहरुमा चहलपहल पातलिएको हो । जिल्लामा विहान ५ बजेदेखि १० सम्म मात्र पसल तथा व्यवसायहरु खोल्न दिने प्रशासनको निर्णय अनुसार बजारहरु सुनसान बनेका छन । कोरोना भाइरसको त्रासका कारण रामेछापका मुख्य बजार मन्थली , पुरानो सदरमुकाम रामेछाप बजार , धोवी , साँघुटार बजार लगायतका बजारहरु सुनसान भएका छन् । दैनिक हजारौं मानिसको आवत जावत र किनमेल हुने यी क्षेत्रका सवै पसलहरु बन्द गरिएका छन् । सडकहरु समेत सुनसान भएका छन् ।

८ वटा स्थानिय तह रहेको रामेछाप जिल्लामा कोरोना भाइरसका कारण संक्रमितहरुको संख्या दिनानुदिन बृद्धि हुन थालेपछि जिल्लाका बिभिन्न पालिकाहरुले अत्याबश्यक सेवा बाहेक सबै किसिमका सेवाहरु बन्द गरेका छन । मन्थली नगरपालिका , रामेछाप नगरपालिका , लिखु तामाकोसी गाँउपालिका , खाँडादेवी गाउपालिका , गोकुलगंगा गाउपालिका , दोरम्बा गाउपालिकाका र उमाकुण्ड गाँउपालिकाले अत्याबश्यक सेवा बाहेक सबै किसिमका सेवाहरु बन्द गरेको जानकारी दिएका छन । जिल्लामा अहिलेसम्म विभिन्न समयमा गरि ३३ जनामा संक्रमण पुष्टि भएको र ति मध्ये २६ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने ७ जना कोरोना संक्रमितको उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार