कोरोना रोकथामका लागि नियम पालना गर्न सर्वसाधारणलाई गृहमन्त्री थापाको आग्रह

कोरोना रोकथामका लागि नियम पालना गर्न सर्वसाधारणलाई गृहमन्त्री थापाको आग्रह

गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सुरक्षाका नियम पालन गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागु गरेको बन्दाबन्दिको सबै नियम पालना गर्न उहाँले आग्रह गर्नुभएको हो । सरकारले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि काम गरेर नहुने भन्दै सबै नागरिकले सचेतना अपनाउन आवश्यक रहेको उहाँको भनाइ छ । गृहमन्त्री थापाले सरकार र नागरिक सबैले एकसाथ सचेत भई नियम पालना गरेमा संक्रमणलाई नियन्त्रण गर्न सकिने बताउनुभयो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि बन्दाबन्दी लागू भए पनि फेरी संक्रमण बढिरहेको छ । सरकारले केही कडाई गरी नियन्त्रणको प्रयास गरिरहेको गृहमन्त्री थापाले बताउनुभयो । पुनः बन्दाबन्दी गरेर समस्याको हल नहुने भएकोले सबै क्षेत्रलाई क्रमशः मापदण्ड अपनाएर खोल्न दिने नीति लिइएको प्रस्ट पार्नुभयो । बन्दाबन्दीका कारण आर्थिक समस्या देखिन थालेपछि सरकारले कोरोना र आर्थिक संकटको अवस्थालाई तालमेल गरी अगाडि बढ्ने नीति लिएको बताउनुभयो । सरकारले देशभित्र प्रवेश गर्ने १० वटा नाका तोके पनि अझैपनि लुकिछिपि आउने काम भइरोखको र त्यसको नियन्त्रणका लागि गृहमन्त्रालयले अधिकतम प्रयास गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार