नेपालमा १ सय ४ जनाको कोरोनाबाट मृत्यु, २६ हजार ६ सय ६० जना संक्रमित

नेपालमा १ सय ४ जनाको कोरोनाबाट मृत्यु, २६ हजार ६ सय ६० जना संक्रमित

नेपालमा १ सय ४ जनाको कोरोनाबाट मृत्यु भएको तथ्यांक छ । विगत २४ घण्टामा थप दुई जना मृतकमा कोरोना पुष्टि भएको हो । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ४१ जनामा नोबेल कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना सङक्रमितको कुल सङ्ख्या २६ हजार ६ सय ६० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित जानकारीका क्रममा आज काठमाडौं उपत्यकामा मात्र थप एक सय ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौंमा एक सय २६, ललितपुरमा ३८ र भक्तपुरमा आठ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । मन्त्रालयले पछिल्लो २४ घण्टामा एक सय ३४ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएको जनाएको हो । यससँगै अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या १७ हजार तीन सय ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार दुई सय ४७ जनाको पीसीआर परीक्षण गरिएको थियो । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार दुइ सय २१ रहेको छ । हाल क्वारेन्टाइनमा १५ हजार दुइ सय ४३ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार