नेपालमा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो

नेपालमा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या १०२ पुग्यो

नेपालमा कोरोना भाईरस संक्रमणबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ६८ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कोरोना सङ्क्रमितको संख्या २६ हजार १९ पुगेको छ । १७ हजार २०१ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल सम्मको पीसीआर जाँच पनि ५ लाख नाघेको छ । हालसम्म ५ लाख ५ हजार ६६० पिसिआर परिक्षण भएको छ । आजको नियमित जानकारीका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सङ्क्रमित मध्ये काठमाडौं उपत्यकाका ९८ जना रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार