रामेछापका २६ जना कोरोना संक्रमित निको ,७ जनाको उपचार हुँदै

रामेछापका २६ जना कोरोना संक्रमित निको ,७ जनाको उपचार हुँदै

हालसम्म कोरोना संक्रमण पुष्टि भएका रामेछाप जिल्लाका ३३ जना संक्रमित मध्ये २६ जना उपचार पछि निको भएका छन । २३ जना यसअघि नै उपचारपछि निको भईसकेका थिए भने संक्रमित २ जना पनि उपचारपछि निको भएर घर फर्केको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । अहिले जिल्लामा ७ जना कोरोना संक्रमितहरुको उपचार भईरहेको छ । जिल्लामा शनिबार अर्थात आजसम्म ८ सय ७७ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब २२ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । ति २२ जनाको पनि आज मात्रै खाँडादेवी गाउँपालिकाबाट स्वाब संकलन गरिएको हो । जिल्लामा हालसम्म ८ सय ५५ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्लाका ६१ जना क्वारेन्टिनमा

जिल्लाको विभिन्न पालिकाहरुमा शनिबार अर्थात आजसम्म ६१ जना क्वारेन्टिनमा रहेका छन । ८ जना महिला र ५३ जना पुरुष गरि ६१ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । मन्थली नगरपालिकामा २२ ,रामेछाप नगरपालिकामा ११ ,गोकुलगंगा गाउँपालिकामा १६,लिखुतामाकोशी गाउँपालिकामा ९ र सुनापति गाउँपालिकामा ३ गरी जिल्लाभर ६१ जना क्वारेन्टिनमा रहेका छन् । उमाकुण्ड ,दोरम्बा र खाँडादेवी गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म १ सय १३ बेडको आइसोलेशन कक्ष र ४ सय ६५ बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार