जनएकता युवा क्लबद्धारा रामेछापको लामागाउँमा साबुन र मास्क वितरण

जनएकता युवा क्लबद्धारा रामेछापको लामागाउँमा साबुन र मास्क वितरण

जनएकता युवा क्लब रामेछापले रामेछाप नगरपालिका वडा नम्बर ८ स्थित लामागाउँका स्थानियहरुलाई साबुन र मास्क वितरण गरेको छ । लामागाउँकै स्थानिय य्ुवाहरुको समुहले सन्चालन गरेको क्लबले कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्न नागरीकहरुलाई डिटोल साबुन र मास्क वितरण गरेको क्लबका अध्यक्ष राजक्ुमार शाहिले बताउनुभयो । करिब ६० घरपरिवार रहेको लामोगाउँमा सबै स्थानियहरुलाई मास्क र साबुन वितरण गरिएको हो । उक्त कार्यक्रममा सहभागी भएर मास्क र साबुन वितरण गर्दै वडा अध्यक्ष केदार कार्कीले सामुदायमा कोरोना फैलन नदिन स्थानिय क्लबले गरेको कामको तारिफ गर्नुभयो । उहाँले स्थानिय क्लबहरुले गर्ने यस्ता कामहरुमा सधैँभरी वडा कार्यलयको साथ सहयोग रहने समेत बताउनुभयो । जनएकता युवा क्लबको साबुन र मास्क वितरण कार्यक्रमलाई वातावरण संरक्षण परियोजाले पनि साथ दिएको छ । वडा नम्बर ८ वडा कार्यलयले पनि लामागाउँमा हात धुने व्यवस्थापनको लागी ड्रम उपलब्ध गराएको छ । साबुन र मास्क वितरण कार्यक्रममा वडा नम्बर ८ का वडा सहजकर्ता कुमारी हायु , वातावरण संरक्षण परियोजनाका सामाजिक परिचालक निर्मला श्रेष्ठ , पत्रकार लगायत स्थानियहरुको उपस्थिती रहेको थियो ।

साबुन र मास्क वितरणका केहि झलकहरु तस्विरमा :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार