रामेछापमा पहिलोपटक समुदाय स्तरमा कोरोना संक्रमणको जोखिम , जिल्लामा फेरी लकडाउन

रामेछापमा पहिलोपटक समुदाय स्तरमा कोरोना संक्रमणको जोखिम , जिल्लामा फेरी लकडाउन

रामेछाप जिल्लामा एक उच्च पदस्थ कर्मचारीचारी सहित ३ जनामा कोरोना संक्रमण देखिएको छ । विहीबार स्वास्थ्य मन्त्रालयको प्रेस व्रिफिङमा ३ रामेछापका ३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । संक्रमित मध्ये जिल्लाबाटै स्वाब परिक्षण गर्न पठाइएको २ जना र एकजना रामेछाप ठेगाना भएका हेटौडा बस्दै आएको बताइएको छ । जिल्लाबाट स्वाव परिक्षणका लागि पठाइएका दुइ मध्ये एक जना मन्थली नगरपालिका उच्चपदस्थ कर्मचारी रहेका छन भने अर्का कुवेतबाट पर्किएका मन्थली नगरपालिका ५ का एक पुरुष रहेका छन । मन्थली नगरपालिकमा कार्यरत उच्चपदस्थ कर्मचारी नगरपालिका र जिल्लाको अत्यधिक जनसम्पर्क हुने व्यक्ति भएकाले समुदायस्तरसम्म संक्रमण फैलने जोखिम बढेपछि सिङगो जिल्ला त्रसित बनेको छ ।

समुदाय स्तरमा जोखिम बढने संभावना भएपघि स्थानीय प्रशासनले नगरपालिका कार्यालय र त्यस आसपासको क्षेत्रलाई सिल गरेको छ । संक्रमति व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइ रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका निमित प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो । समुदायमा जोखिम बढेपछि स्थानीय प्रशासनले जिल्लाभित्र कडाइ गर्ने भएको छ । शुक्रबारबाट जिल्लामा बेलुका ७ बजेदेखि विहान ५ बजेसम्म पदैल जिल्ला आवात जावतमा प्रतिबन्ध लगाएको छ । अत्याबश्यक सवारी साधान बाहेक अधिकांश सवारी साधन श्रावण ३० गते देखि भाद्र ११ गतेसम्मलाई संचालनमा रोक लगाएको छ । पसल व्यावसायहरु भने विहान ५ बजेदेखि १० बजे सम्म संचालन गर्न दिने प्रशासनले निर्णय गरेको छ ।

जिल्लाका विभिन्न नाकाहरुका आवागमनमा कडाइ गरिने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । जिल्ला प्रशासन रामेछापले एक सुचना जारी गर्दैे संक्रमित कर्मचारीको प्रत्यक्ष सम्पर्कमा आएका ब्यक्तिको पहिचान गर्ने काम तीव्र रुपमा भइरहेको र १४ दिनको बीचमा मन्थली नगरपालिकाबाट सेवा लिएका सेवाग्राहीहरुलाई पनि सम्पर्कमा आउन प्रशासनले आग्रह गरेको छ । संक्रमित कर्मचारीलाई आइसोलेशनमा राखि सकिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । कुवेतबाट आएका व्यक्ति क्वारेन्टाइनमा नै रहेको हैटोमा संक्रमति भनिएका व्यक्तिको पहिचान गर्ने काम भइरहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । समुदाय स्तरमा जोखिम बढने भएपछि कतिपयले जिल्लालाई पुर्ण रुपमा सिल गर्नु पर्ने सुझाएका छन । हाल जिल्लामा संक्रमित हुनेको संख्या ३३ पुगेको छ । पछिल्लो समयमा जिल्लाबाट २ सय ५ जनाको स्वाव परिक्षण गर्न पठाएका मध्ये ८१ जनाको मात्र रिपोर्ट आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार