रामेछाप भंगेरीमा अटो दुर्घटना १ जना घाईते

रामेछाप भंगेरीमा अटो दुर्घटना १ जना घाईते

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ स्थित भंगरीको झगडे चौउरको घुम्तीमा अटो दुर्घटना भएको छ ।आज विहान करिब ११ बजेको समयमा ज १ ह ४६७५ नम्बरको अटो सदरमुकाम मन्थलीबाट रामेछाप डाँडा तर्फ आउने क्रममा घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनामा परी १ जना घाईते भएका छन । रामेछाप नगरपालिका वडा नम्बर ७ का वर्ष २१ का सुमित्रा घिमिरे (बस्नेत) घाईते भएकि छन । घाईतेको जिल्ला अस्पताल रामेछापमा उपचार भईरहेका छ । प्रहरी चौकि रामेछाप डाँडाका असई मिन बहादुर थापाका अनुसार तिव्र गतिका कारण अटो दुर्घटना भएको हो । अटोमा ४ जना सवार थिए अरु यात्रु भने सकुशल रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार