रामेछापमा विहिबार लाग्दै आएको हाट स्थगित

रामेछापमा विहिबार लाग्दै आएको हाट स्थगित

कोरोना संक्रमण फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापको निर्देशन अनुसार रामेछाप बजारमा हरेक हप्ताको विहिबार लाग्दै आएको विहिबारे हाट भोलिदेखि नलाग्ने भएको छ । धेरै वर्षअघिदेखि रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा साप्ताहिक रुपमा लाग्दै आएको रामेछापको विहिबारे हाट स्थगित भएको हो । कोरोना संक्रमण रामेछापमा फैलन नदिन जिल्ला प्रशासनको निर्देशन र निर्णय अनुसार रामेछाप नगरपालिकामा लाग्दै आएको विहिबारे हाट स्थगित गरिएको रामेछाप नगरपालिकाका प्रशासन शाखा प्रमुख नारायण सुवेदीले बताउनुभयो । यसभन्दा अघिपनि हाटबजार स्थगित गरिएको थियो तर नागरीकहरु नै अटेर भएर प्रशासनको नियमको अवज्ञा गर्दै हाट बजारमा भिडभाड गर्दै आएका थिए । यदि भोलिको हाट बजारमा पनि नागरीकहरु जम्मा भएर भिडभाड गरे संक्रामक रोग ऐन २०२० अनुसार कडाभन्दा कडा कारबाहि गर्ने जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।

गत शुक्रबार जिल्ला प्रशासन कार्यालय रामेछापले औषधी र इन्धन बाहेकका पसल व्यवसाय अपरान्ह् चार बजेसम्म मात्रै खोल्न पाइने, जिल्लाको सिमा नाकाहरुमा अहिले भैरहेको चेकजाँचमा थप कडाई गर्ने , जिल्लाभर लाग्ने हाटबजारहरु अर्काे व्यवस्थापन नभएसम्मका लागि पुर्ण रुपमा बन्द गर्ने , जिल्ला स्थित संचालित सबै सरकारी तथा गैरसरकारी कार्यालय , बैंक वित्तीय संस्था , सहकारी संस्था , उद्योग , व्यापार लगायतमा सरकारले जारी गरेको सुरक्षा मापदण्ड कडाईका साथ कार्यान्वयन गर्ने , सबै पालिकाहरुसंग समन्वय गरी दुरी कायम गरी आवश्यक सुरक्षाका मापदण्ड पालनालाई कडाई गर्ने ,जिल्लाभर जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्ने लगाएतका १७ वटा निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार