आदिवासी जनजाती पत्रकारीता पुरस्कार घिसिङलाई

आदिवासी जनजाती पत्रकारीता पुरस्कार घिसिङलाई

नेपाल आदिवासी जनजाति पत्रकार महासँघ रामेछापले यस बर्षको उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता पुरस्कार युनिक विफा घिसिङलाई प्रदान गरेको छ । फोनिजको २१ औँ स्थापना दिवसको अवसरमा पारेर रामेछाप नगरपालिकामा आयोजित एक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले पुरस्कार र सम्मान प्रदान गरेका थिए । रामेछापबाट संचालित तामाकोशी अनलाइन डटकमका प्रधान सम्पादक रहेका घिसिङ डेढ दशक देखि पत्रकारीतमा क्रियाशिल रहेका छन । यसैबीच फोनिजको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित एक कार्यक्रमा बोल्दै फोनिजका केन्द्रिय पार्षद सुमित श्रेष्ठले फोनिज रामेछापका नाममा ५० हजारको अक्षयकोष स्थापना गरेर फोनिजको बर्षेनी प्रदान गरिने पुरस्कारलाई सहज बनाउने घोषण समेत गर्नभएको छ । उहाँले अक्षयकोषले बार्षिक रुपमा आउने व्याजबाट पुरस्कार प्रदान गर्न सहज हुने बताउनुभयो । फोनिज रामेछापले गत बर्षदेखि उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार