रामेछापमा नेकपा आधार इलाकाबाट युवाहरु कांग्रेसमा प्रबेश

रामेछापमा नेकपा आधार इलाकाबाट युवाहरु कांग्रेसमा प्रबेश

कुनै समयमा नकपा माओवादीको आधार इलाकाको रुपमा रहेको रामेछाप जिल्लाको दोरम्बा गाउपालिका वडा नं ६ लखनपुरका केही युवाहरु नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन । नेकपाको विभिन्न जिम्मेवारीमा रहेका ३ दर्जन युवा मंगलबार काठमाण्डौमा आयोजित एक कार्यक्रबाट कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस रामेछापका प्रवत्ता नारायण बहादुर खडकाले जानकारी दिनुभयो । प्रबेशीहरुलाई नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले टिका लगाएर पार्टीको सदस्यता प्रदान गर्नुभयो । जिल्ला पार्टी सभापति लव श्री न्यौपाने लगायतका जिल्लास्तरीय नेताहरुले रामेछाप कांग्रेसमा स्वागत गरेका थिए । नेकपाको दमन, अन्याय, अत्याचार र भ्रष्टचारबाट आजित बनेपछि त्यसको विरुद्धमा लाग्न नेपाली कांग्रेसमा प्रबेश गरेको नव प्रबेशीहरुले बताएका छन । प्रबेशीहरु मध्ये ३३ जना लखनपुरका र १ जना खाडाँदेवी गाउपालिकाको रहेको कांग्रेस रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार