रामेछापमा मास्क प्रयोगलाई अनिवार्य गर्दै प्रशासन

रामेछापमा मास्क प्रयोगलाई अनिवार्य गर्दै प्रशासन

पछिल्लो समयमा कोभिड १९ को संक्रमण बढदै गएपछि जिल्ला प्रशासनले जिल्लाका सबै क्षेत्रका अनिवार्य मास्को प्रयोगमा कडाइ गर्ने अभियान संचालन गरेको छ । केही समय सदरमुकाम मन्थलीमा मास्कको प्रायोग अनिवार्य गराउन जनचेतनामुलक कार्यक्रम गरेर मास्क नलगाउनेलाई नगद जरिवाना गराउन थालेपछि सबैले मास्क लगाउन थालेपछि स्थानीय प्रशासन मास्क अनिवार्य अभियान लिएर सदरमुकाम बाहिरको पालिका पनि पुगेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले मंगलबार जिल्लाको रामेछाप नगरपालिकामा पनि मास्क अनिवार्य प्रयोग गर्न निशुल्क मास्क वितरण गर्दै सर्वसाधारणमा सचेतना जगाएको छ ।

जिल्लाका मुख्य नाकाका सबै क्षेत्रमा एकपटक पुगेर अनिवार्य मास्क प्रयोगका लागि सचेतना जगाउने र त्यसपछि जरिवाना समेत कटाउने व्यवस्था मिलाउने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । उहाँले सबै पालिकामा पुगेर मास्क प्रयोगलाई अनिवार्य गराउन सचेतना र निर्देशन गर्ने तयारी प्रशासनले गरि रहेको बताउनुभयो । प्रजिअ आफूले मात्र सावधानी अपनाएर हुदैन सबै नागरिक सचेत भएमा र सावधानी अपनाएमा जिल्लामा संक्रमण फैलिने जोखिम कम हुने भएकाले सचेत गराउने र अटेर गर्नेहरुलाई जरिवाना गराएर भएपनि अनिवार्य प्रयोगमा जोड दिने बताउनुभयो । उहाँले दिनमा १० रुपैयाका दरले खर्च गर्दा एक व्यक्तिले महिनामा ३ सय खर्च गर्नु आफ्नो स्वास्थ्य भन्दा ठुलो कुरा नहुने बताउनुभया । उहाँले नसक्ने परिवारहरुलाई सक्ने व्यक्ति र संघसंस्थाहरुलाई समेत यो संकटको घडीमा सहयोग गर्न समेत आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार