रामेछाप बजारमा कोरोना भाईरसबाट बच्न प्रशासनको सचेतना अभियान

रामेछाप बजारमा कोरोना भाईरसबाट बच्न प्रशासनको सचेतना अभियान

रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजारमा जिल्ला प्रशासन कार्यालय रामेछापले कोरोना भाईरस ( कोभिड १९ ) संक्रमण नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा सतर्कता सम्बन्धि सचेतना अभियान सन्चालन गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माको नेतृत्वमा रामेछाप बजार आएको टोलिले रामेछाप बजारमा माक्स नलगाउनेहरुलाई सम्झाई बुझाई गर्नुको साथै निशुल्क माक्स वितरण गरेको छ । सोहि कार्यक्रमलाई सम्बोधन गर्दै रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोराना भाइरसबाट बच्न आ–आफ्नो ठाँउबाट सबैले साबधानी अपनाउन आग्रह गर्नुभएको छ ।

रामेछापमा अहिले सन्त्रासको अबस्था नरहेपनि संक्रमितहरु फेला परिरहेको अवस्थामा भिडभाड नगर्न , माक्स लगाउन र समाजिक दुरी कायम गर्न प्रजिअ शर्माले आग्रह गर्नभयो । उहाँले यो परिस्थितीमा सरकार र स्थानिय प्रशासनले बनाएको नियम पालन गरी कोरोना फैलन नदिन नागरीकहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो । सोहि कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले कोरोना भाईरस फैलन नदिन नगरपालिकाले विभिन्न कामहरु गरिरहको भएपनि कोरोना संक्रमण फैलन नदिन नागरीकहरु नै अझ बढि सचेत बन्नुपर्ने भनाई राख्नुभयो । सचेना अभियानमा माक्स लगाउन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय रामेछापले माईकिङ समेत गरेको थियो । तपाईको माक्स खै ? अभियान अन्तर्गत रामेछाप बजार पनि माक्स लगाउन आग्रह गर्दै र्याली निकालिएको थियो । र्यालीमा जनप्रतिनिधि , कर्मचारी , पत्रकार र स्थानियहरुको सहभागीतमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार