अब जिल्ला अस्पताल रामेछापमै मृगौलाको डाईलसिस हुन्छ : अर्थ मन्त्रि ढुंगेल

अब जिल्ला अस्पताल रामेछापमै मृगौलाको डाईलसिस हुन्छ : अर्थ मन्त्रि ढुंगेल

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि कैलाश प्रसाद ढंगेलले अब जिल्ला अस्पताल रोमछापमै मृगौलाको डाईलसिस सेवा सुरु हुने बताउनुभएको छ । गुह जिल्ला रामेछाप आउनुभएका अर्थ मन्त्रि ढंगेलले जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको निरीक्षणपछि सरोकारवालाहरुसँग छलफल गर्दै सो कुरा बताउनुभएको हो । उहाँले प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा मात्रै मृगौलाका विरामीको डाईलसिस हुने गरेको भन्दै अब छिट्टै केहि महिना भित्रै जिल्ला अस्पतालबाटै डाईलसिस सेवा सुरु हुने बताउनुभयो ।

अर्थ मन्त्रि ढुंगेले प्रदेश सरकारले प्रत्येक जिल्लाका एउटा अस्पतालमा एक विशेषज्ञ चिकित्सक सहितको सेवा सुचारु गर्न लागेको जानकारी गराउनुभएको छ । जिल्ला अस्पताल रामेछापलाई कुन रोगको उपचारको विशेष सेवा सहितको अस्पताल बनाउने हो त्यस अनुसारको प्रस्तावपत्र पेश गर्न उहाँले आग्रह गर्नुभएको छ । १५ शैया रहेको जिल्ला अस्पताल मन्त्रि ढंगेलकै पहलमा २५ शैया बनेको छ । स्वास्थ्य कार्यालय रामेछापका प्रमुख विद्या खनाल , अस्पताल विकास समितीका अध्यक्ष रोशन पाख्रिन र डाक्टर आनन्द आचार्यले अस्पतालमा आवश्यक उपकरण , अस्पतालको अवस्था लगायतका बारेमा अर्थ मन्त्रि ढुंगेललाई जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार