सबैको मन जितेर विदाई भए रामेछाप नपाका प्रमुख प्रशासकिय अधिकृत पौडेल

सबैको मन जितेर विदाई भए रामेछाप नपाका प्रमुख प्रशासकिय अधिकृत पौडेल

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामेछाप नगरपालिकाबाट सरुवा हुनु भएको छ । ९ महिना अघि रामेछाप नगरपालिकामा आएर प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएका दिपेन्द्र पौडेल श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा सरुवा हुनुभएको हो । आज रामेछाप नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी प्रमुख प्रशासकिय अधिकृत पौडेललाई विदाई गरेको छ । ९ महिना प्रमुख प्रशासकिय अधिकृत भएर रामेछाप नगरपालिकाका नागरीकहरुको मन जितेर पौडेल विदाई हुनु भएको छ । सेवा प्रवाहमा उत्कृष्ट काम गर्न सफल भएको भन्दै पौडेललाई रामेछाप नगरपालिकाका जनप्रतिनिधि , कर्मचारी र स्थानियहरुले हार्दिक सम्मानका साथ विदाई गरेका छन । नगरपालिकामा सेवा प्रवाह र समन्वयको हिसाबले अहिलेसम्मकै राम्रो काम गर्न सफल प्रशासक रुपमा पौडेललाई लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार