रामेछापको लिपेखोलामा मिनिटिफर दुर्घटना

रामेछापको लिपेखोलामा मिनिटिफर दुर्घटना

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर २ लिपेखोलामा आज दिउँसो मिनिटिफर दुर्घटना भएको छ । महोतरी जिल्लाको बर्दिबासबाट दोलखा तर्फ ईटा लिएर जाँदै गरेको बा ४ ख ८९४१ नम्बरको मिनिटिफर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । दुर्घटनामा मिनिटिफरका चालक घाईते भएका छन । दोलखाको विगु गाउँपालिका वडा नम्बर ४ सिंगटी बस्ने अन्दाजी २६ वर्षका मोहन बहादुर पाण्डे घाईते भएको र उहाँलाई प्रहरीले उद्धार गरी रामेछाप सामुदायिक अस्पतालमा उपचारको लागि भर्ना गरिएको रामेछाप प्रहरीले जानकारी दिएको छ । घाईतेको हात , अनुहार र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ । मिनिटिफर सडकबाट अन्दाजी ३५० मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार