रामेछाप जिल्लाका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाका थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका थप पाँच जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयकाको नियमिति पत्रकार सम्मेलनमा रामेछाप जिल्लाका थप ५ जनामा कोरोना सक्रमण भएको जानकारी दिएको हो । यो सँगै रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । २३ जना भने उपचारपछि निको भईसकेका छन । रामेछाप सहित आज पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ७८८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमणको पुष्टि भएको हो । यससँगै कुल संक्रमितको सख्ंया २२ हजार ५९२ पुगेको छ । उनीहरुमध्ये ७३ जनाको मृत्यु भएको छ भने १६ हजार ३१३ जना निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार