एक साता अघि प्रधानमन्त्रीसँग छलफलमा सहभागि हुनु भएका प्रदेश २ का कानुनमन्त्री यादवमा कोरोना सङ्क्रमण

एक साता अघि प्रधानमन्त्रीसँग छलफलमा सहभागि हुनु भएका प्रदेश २ का कानुनमन्त्री यादवमा कोरोना सङ्क्रमण

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणको क्रममा उहाँमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका सुचना अधिकारी विजय झाले जानकारी दिनुभयो । मन्त्री यादव सहित प्रदेश सांसद रिना यादवलाई पनि कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश २ सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री यादवले झन्डै एक साता अघि काठमाडौंमा उच्च स्तरीय भेटघाट गर्नुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न, प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा उहाँ सहभागि हुनु भएको थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृहमन्त्रीका सल्लाहकार, प्रहरी महानिरीक्षक लगायत उपस्थित थिए । यसैगरी, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र उपमेयर रिता मिश्रको सचिवालय र पारिवारिक सदस्यहरु पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार