सुनको मूल्य तोलाकै ११ सयले बढ्यो

सुनको मूल्य तोलाकै ११ सयले बढ्यो

सुनको मूल्यले नयाँ इतिहास कायमै गर्दै तोलाकै एक लाख नाघेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ११ सय रुपैयाँले बढेर सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको कारोबार प्रतोतोला मूल्य एक लाख दुई हजार पाँच सय रुपैयाँ तोकेको छ । एक तोला सुनको यो मूल्य हालसम्मकै उच्च हो । महासंघले तेजाबी सुनको प्रतितोला मूल्य एक लाख दुई हजार रुपैयाँ तोकेको छ । आजका लागि चाँदीको खरिद बिक्री मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ छ । बढ्दो मूल्यका कारण सुन चाँदीको बिक्र अत्यन्तै न्यून रहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको भाउको असर नेपालमा देखिएको महासंघका महाचिव धर्मसुन्दर बज्राचार्यले बताउनुभयो । सुनको भाउ बढने क्रम तत्काल रोकिने सम्भावना नभएको पनि उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार