सकेको सहयोग गरेर आफनो ज्यान बचाईदिन मिर्गौला पिडित तामाङको अपिल

सकेको सहयोग गरेर आफनो ज्यान बचाईदिन मिर्गौला पिडित तामाङको अपिल

रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका ७ ताल्दुङ निवासी हरिमाया तामाङको दुबै मिर्गौला फेल भएपछि अहिले उहाँ र उहाँको परिवारलाई निकै समस्या परेको छ । मिर्गौला प्रत्यारोपण गर्न करिब १३ लाख लाग्ने भएपछि उहाँहरु उपचार खर्चको अभावमा हुनुहुन्छ । श्रीमान र दुई छोरा रहेको तामाङको परिवारको आर्थिक अवस्था निकै नाजुक रहेको छ । घर गाउँमा खेती किसान ज्यालादारी गरेर परिवार चलाउदै आउनुभएका उहाँका श्रीमान आफनो श्रीमतिको उपचारमा सहयोग गरिदिन सम्पुर्ण सहयोगी मनहरुलाई आग्रह गर्नुहुन्छ । अहिले केही देश बाट सहयोग रकम आउन थालेको छ । अहिलेसम्म जापानबाट दुई लाख भन्दा माथीको रकम सहयोग स्वरुप प्राप्त भएको हरिमाया तामाङले बताउनुभयो । मिर्गौला प्रत्यारोपण गर्न करिब १३ लाख लाग्ने र अझै धेरै रकम अपुग भएको भन्दै मिर्गौला पिडित तामाङले आफुले सकेको रकम सहयोग गरेर आफनो ज्यान बचाईदिन अनुरोध गर्नुभएको छ । उहाँलाई सहयोग गर्न चाहने सहयोगी मनहरुले उहाँको श्रीमान चन्डिलाल तामाङको नाममा रहेको महाक्ष्मी विकास बैँकको खाता नम्बर ०८९००६००४७७६४७०००००१ मा आफुले सकेको सहयोग रकम पठाउन सक्नुहुनेछ । साथै उहाँको मोबाईल नम्बर ९८६२२५६६६७ मा फोन गरेर पनि तपाईले सकेको सहयोग गर्नसक्नुहुनेछ । तपाईहरुको सानो सहयोगले उहाँको ज्यान बच्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार