६ जिल्लाका केही स्थानमा मध्यमदेखि भारीसम्म वर्षा

६ जिल्लाका केही स्थानमा मध्यमदेखि भारीसम्म वर्षा

पश्चिमका ६ जिल्लाका केही स्थानमा मध्यमदेखि भारीसम्म वर्षा भइरहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । विभागका अनुसार कालीकोट, दैलेख, जाजरकोट, अछाम, डोटी र कैलालीका केही स्थानमा पछिल्लो तीन घण्टा मध्यमदेखि भारीसम्म वर्षा भइरहेको विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय नदी तथा खोलामा बाढी आउने तथा भिरालो जमिनमा पहिरो जाने जोखिम देखिएको भन्दै विभागले ‘अलर्ट’ जारी गरेको छ । आज बिहान १० बजेसम्मै सतर्क रहन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार