मास्क नलगाउनेलाई पक्राउ गरी कारबाही गर्छौँ : प्रजिअ शर्मा

मास्क नलगाउनेलाई पक्राउ गरी कारबाही गर्छौँ : प्रजिअ शर्मा

अब रोमछाप जिल्लामा पनि मास्क नलगाई घरबाहिर हिँडडुल गर्नेलाई कारबाहि गरिने रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । लकडाउन खुल्लाभयो भनेर धेरै जना मास्क विना नै बजारहरुमा ओहोरदोहोर गर्ने गरेको र जसका कारण संक्रमण फैलन सक्ने जोखिम रहेकाले अब जिल्लामा पनि मास्क नलगाईकन हिँड्न नपाईने प्रजिअ शर्माले बताउनुभयो । नागरीकहरु आफै सचेत बन्नुपर्ने बताउँदै प्रजिअ शर्माले भिडभाड नगर्न , बजारहरुमा निस्कदा मास्क लगाउन आग्रह गर्नुभएको छ ।

प्रहरी प्रशासनले मास्क नलगाउनेहरुलाई मास्क लगाउन आग्रह गर्दै सम्झाई बुझाई गर्ने गरेको छ । आजकै दिनदेखि भिडभाडमा मास्क नलगाई हिँड्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार एक सय रुपैयाँ जरिवाना तिराउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । लकडाउन खुकुलो भएसँगै कोरोनाको संक्रमण बढ्दै गएपछि सरकारले सुरक्षा प्रोटोकल कार्यान्वयनमा कडाइ गरेको हो । घरबाहिर निस्कँदा सामाजिक दूरी कायम गर्दै मास्क नलगाउनेलाई पक्राउ गरी कारबाही गर्न गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ । संक्रमण बढ्दासमेत सुरक्षा मापदण्ड पालना नभएपछि गृह मन्त्रालयले ७७ जिल्लाकै प्रशासन कार्यालय र प्रहरीलाई पत्राचार गरी कडाइ गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार